आर्मीका नक्कली लेफ्टिनेन्ट प’क्राउ

admin

इनरुवा, २२ माघ : सुनसरीको इटहरीबाट नेपाली सेनाका नक्कली उप सेनानी (लेफ्टिनेन्ट) प’क्राउ परेका छन् । ‘सेनाको लेफ्टिनेन्टरेड हुँ’ भन्दै मर्करीको ब्यापार गर्ने वहानामा सर्वसाधारणलाई ठगी गर्दै रकम असुली गर्ने पर्सा जिल्ला ठोरी गाउँपालिका ५ बस्ने २८ वर्षीय शिवकुमार कार्कीलाई प्र’हरीले प’क्राउ गरेको छ ।

सेनाको पोशाक र दज्र्यानी चिन्ह लगाई ठगी गर्दै हिडेको सूचना र किटानीको आधारमा खोजतलासको क्रममा कार्कीलाई इटहरीबाट नियन्त्रणमा लिइएको सुनसरी प्र’हरीले जनाएको छ ।

प्र’हरीले नक्कली सेना बनेका कार्कीले विभिन्न व्यक्तिबाट एघार लाख बढी ठगी गरेको भेटिएको जनाएको छ । सुनसरी प्र’हरीले प’क्राउ परेका कार्कीको साथबाट ३३ हजार ४ सय ५० रुपैंयासहित विभिन्न बैंकका एटीएम र आईएमईका रसिदका साथै मोबाइलहरु बरामद गरेकोे जनाएको छ ।

यसैगरी कार्कीका सहयोगीका रुपमा रहेका सिन्धुलीका ३८ वर्षीय बसन्तकुमार खड्कालाईसमेत नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अघि बढाइएको जिल्ला प्र’हरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया