यमनमा युद्ध जारी गर्दै आएको सहायताबाट अमेरिका पछि हट्ने

admin

काठमाडौं, २३ माघ : अमेरिकी राष्ट्रपति जो बाइडेनले यमनमा जारी युद्धमा यसअघि गर्दै आएको सहायताबाट अमेरिका पछि हट्ने बताएका छन् । साउदी अरेबियाको नेतृत्वमा भइरहेका आ’क्रामक कारबाहीलाई दिइँदै आएको अमेरिकी समर्थन र ह’तियारको बिक्री आफ्नो प्रशासनले रोक्ने उनको भनाइ छ ।

द्व’न्द्वले मानवीय र रणनीतिक विनाश निम्त्याएको भन्दै त्यसको अन्त्य हुनुपर्ने बाइडेनले बताएको बीबीसीले जनाएको छ । तर साउदीहरूलाई उनीहरूको भूभाग र सार्वभौमिकताको रक्षाका लागि अमेरिकाले गर्दै आएको सहायता भने जारी राख्ने राष्ट्रपति बाइडेनले बताएका छन् ।

प्रतिक्रिया