सक्रिय संक्रमितमध्ये ६४ जना आईसीयू र १३ जना भेन्टिलेटरमा उपचाररत

admin

काठमाडौं, २३ माघ : शुक्रबार थप एक सय पाँच जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दुई हजार सात सय ९९ जनाको पीसीआर परीक्षण गर्दा एक सय पाँच जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७१ हजार सात सय सात पुगेको छ । यस्तै बितेको २४ घण्टामा दुई सय ७२ जना निको भएसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई लाख ६७ हजार पाँच सय ६४ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै थप दुई जनाको ज्यान गएसँगै नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या दुई हजार ३५ पुगेको छ । अहिले नेपालमा दुई हजार एक सय आठ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये ६४ जनाको आईसीयू र १३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया