श्रीमतीलाई ह’त्या गरेको अरोपमा श्रीमान प’क्राउ

admin

पर्वत : जिल्ला प्र’हरी कार्यालय कास्कीले श्रीमतीलाई बन्चरो प्र’हार गरी ह’त्या गरेको आरोपमा एकजनालाई प’क्राउ गरेको छ।

प’क्राउ पर्नेमा पर्वतको जलजला गाउँपालिका–७ धाईरिङ घर भई कास्कीको पोखरा महानगरपालिका–३३ उपल्लो पुँडीमा बस्दै आएका ५० वर्षिय गमबहादुर पुन रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्र’हरी नायब उपरीक्षक सुवास हमालले बताए।

शुक्रबार ४२ वर्षीया हरिमाया पुन आफ्नै सुत्ने कोठामा मृ’त फेला परेकी थिइन्। इलाका प्र’हरी कार्यालय शिसुवा डाँडाबाट खटिएका टोलीले गमबहादुरलाई अनुसन्धानका लागि पोखरा–३३ लामगादीबाट नियन्त्रणमा लिएको हो।

अनुसन्धानको क्रममा बिहीबार समयमै खाना नबनाएको विषयमा झ’गडा परेपछि गमबहादुरले श्रीमतीलाई बञ्चरो प्र’हार गरेको पाइएको पनि कास्की प्रह’रीले बताएको छ।

अभियुक्तलाई कर्तव्य ज्यान मु’द्दामा मु’द्दा दर्ता गरी कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया