सुमो हिउँमा चिप्लिँदा एकको मृत्यु , चारजना ग’म्भीर घा’इते

admin

 मकवानपुर, माघ २५ : हिउँमा चिप्लिएर सुमो दुर्घटना हुँदा एक जनाको मृ’त्यु भएको छ । त्रिभुवन राजपथअन्तर्गत भीमफेदी–९, गोलमोडमा भएको दुर्घटनामा गम्भीर घा’इते पाँचमध्ये एक जनाको मृ’त्यु भएको हो ।

शनिबार साँझ काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना१ज ४१८० नम्बरको सुमो हिउँमा चिप्लिएर अनियन्त्रित भई दु’र्घटनाग्र’स्त भएको थियो । मृ’त्यु हुनेमा सप्तरी बनौली–२ का ३३ वर्षीय प्रमान्द चौधरी रहेको जिल्ला प्र’हरी कार्यालय मकवानपुरले जनाएको छ । उनको उपचारका क्रममा हेटौंडा अस्पतालमा राति १२ बजे मृ’त्यु भएको प्र’हरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

गम्भीर घा’इते हुनेमा वीरगन्ज–१३ का ३० वर्षीय मनोज साह, मनोजकी पत्नी २६ वर्षीया पुनमकुमारी गुप्ता, बारा गढीमाई–१० का ३२ वर्षीय प्रदीपकुमार साह, सर्लाही अभिलासी–७ का ३२ वर्षीय मधुकर यादव छन् । उनीहरूको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । सामान्य घाइते भएकाहरू डिस्चार्ज भइसकेको प्र’ह’रीले जानकारी दिएको छ ।

हाल हेटौंडाबाट काठमाडौं आउजाउ गर्ने छोटो मार्ग भीमफेदी–कुलेखानी स्तरोन्नतिका क्रममा बन्द रहेका कारण सवारीसाधन त्रिभुवन राजपथबाट सञ्चालन भइरहेका छन् ।

प्रतिक्रिया