चीनसँगको सहकार्यलाई सबल पार्न अमेरिका तयार भएको सङ्केत : बाइडेन

admin

एजेन्सी, २५ माघ : अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वका प्रमुख अर्थतन्त्रहरूबीच सहकार्य हुनु विश्वको आर्थिक वृद्धिका लागि महत्त्वपूर्ण रहेको बताएका छन् । अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएको एक महिनापछि विश्व कूटनीतिबारेको पहिलो सम्बोधनका क्रममा बाइडेनले चीनसँगको सहयोगलाई सबल पार्न अमेरिका तयार भएको सङ्केत गरेका हुन् ।

विगत चार वर्षमा अमेरिकी केही कूटनीतिज्ञले चीन-अमेरिकाका लागि ‘सबैभन्दा ठूलो खतरा’ भएको ठहर गर्दै अख्तियार गरेको विदेश नीतिका कारण चीन-अमेरिकाबीचको सम्बन्धमा थप तनाव देखिएको थियो ।

ट्रम्प प्रशासनले ल्याएको चीनविरोधी कडा धारका कारण चिनियाँ व्यवसायको विकासमा समस्या आएको समय नवनिर्वाचित नेतृत्वबाट विश्वका प्रमुख अर्थतन्त्रबीचको सहकार्यलाई दिएको महत्त्वले विश्वको अर्थतन्त्रमा समेत सुधारको आशा जगाएको छ ।

अमेरिकीहरूले गएको चार वर्षमा चीनको केन्द्रीय हित र मुख्य चासोका मामिलामा समेत हस्तक्षेप गरेका कारण दुई देश बीचको रणनीतिक विश्वासलाई गम्भीर मोडमा पुर्याएको चीनको बुझाइ रहेको छ । अमेरिकासँग शान्तिपूर्ण सह-अस्तित्व कायम राख्न चीन सधैं इच्छुक रहेको चिनियाँ अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया