काठमाडौं, २५ माघ : रामप्रसाद सापकोटा (दिपशिखा)लाई नेकपाको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको संयोजकबाट निश्कासनको घोषणा गरेको छ । आइतबार ललितपुरको च्यासस्थित तुलसीलाल स्मृति भवनमा शुरू भएको युवा संघको केन्द्रीय समिति बैठकले दिपशिखालाई निश्कासनको घोषणा गरेको हो ।
बैठकलाई उपप्रधानमन्त्री ईश्वर पोखरेल, उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री टोप बहादुर रायमाझी, गण्डकी प्रदेशका सचिवालय सदस्य, पूर्वयुवा संघ नेपालका अध्यक्ष तथा गण्डकी प्रदेशका सांसद राजिव पहारी लगायतका नेताहरुले सम्बोधन गर्ने बताइएको छ ।
युवा संघ इन्चार्ज महेश बस्नेतको उपस्थितिमा भएको बैठकले सापकोटालाई निष्कासन गरेपछि रमेश पौडेलको अध्यक्षमा बैठक शुरु भएको छ ।