काठमाडौं, २५ माघ : आइतबार थप एक सय १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ७१ हजार नौ सय २५ पुगेको छ । यस्तै बितेको २४ घण्टामा दुई सय ६० जना निको भएसँगै कोरोना संक्रमणपछि निको हुनेको संखया दुई लाख ६८ हजार ७२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
बितेको २४ घण्टामा तीन जनाको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार ३८ पुगेको मन्त्रालयले जनाएको छ । अहिले देशभर आइसोलेशनमा रहनेको संख्या एक हजार आठ सय १५ रहेको छ । मन्त्रालयका अनुसार अहिलेसम्म २० लाख ९३ हजार चार सय १७ जनाको पीसीआर परीक्षण भएको छ ।