थप १३० कोरोना संक्रमित, ७ जनाको मृत्यु

admin

काठमाडौं, माघ २६ :नेपालमा पछिल्लो २४ घण्टामा थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १३० जना कोरोना संक्रमित थपिएका छन् । योसँगै हाल नेपालमा कोरोना संक्रमित हुनेको कुल संख्या २ लाख ७२ हजार ५५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १९४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ६८ हजार २६६ पुगेको छ ।


२४ घण्टामा कोरोनाबाट थप ७ जनाको मृ’त्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या २ हजार ४५ पुगेको छ ।

प्रतिक्रिया