भागरथीको ब’लात्का’रपछि घाँटी थिचेर ह’त्या भएको पुष्टि

admin

धनगढी, माघ २६ : बैतडीमा बिहीबार साँझ मृ’त फेला परेकी १७ वर्षीया भागरथी भट्टको ब’ला’त्कारपछि ह’त्या भएको पोष्टमार्टम रिपोर्टबाट पुष्टि भएको छ।

जिल्ला अस्पताल बैतडीमा गरिएको पोष्टमार्टम रिपोर्टका आधारमा दोगडाकेदार गाउँपालिका ७ की भट्टको ब’लात्का’रपछि घाँटी थिचेर ह’त्या गरेको पुष्टि भएको सुदूरपश्चिम प्रदेश प्र’हरी कार्यालयका प्रमुख डिआइजी उत्तम सुवेदीले जानकारी दिए।

‘पोष्टमार्टम रिपोर्टमा कज अफ डेथ ब’लात्का’रपछि घाँटी थिचेको देखियो,’ उनले भने। उनले सामूहिक बला’त्का’र हो वा होइन भन्नेबारे थप परीक्षण भइरहेको जानकारी दिए।

‘हामीले घ’टनास्थ’लमा प्राप्त भएका सबै तथ्य परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाएका छौं,’ सुवेदीले भने, ‘प्रयोगशालाबाट रिपोर्ट प्राप्त भए अनुसन्धानमा अझै सहज हुने देखिन्छ।’ बुधबार हराएकी भट्टको बिहीबार विभत्स अवस्थामा श’व फेला परेको थियो।

घट’नामा जिल्ला प्र’हरी कार्यालय बैतडीका प्रमुख प्र’हरी नायब उपरीक्षक नै अनुसन्धान अधिकृत भएर काम गरिरहेका छन्। उनलाई सघाउन नेपाल प्र’हरीका एसएसपी जनकराज पाण्डेय र सिआइबीका डिएसपीको नेतृत्वमा छुट्टाछुट्टै टोली बैतडीमा छ। प्र’हरी प्रमुख डिआइजी सुवेदी पनि बैतडीमै छन्।

प्रतिक्रिया