पाँच दिनमा बलात्कारका तीन घटना

admin

काठमाडौं, माघ २७ : गोरखामा पाँच दिनमा ब’लात्कार र बला’त्कार प्रयासका तीनवटा घट’ना भएका छन्। माघ २० देखि २५ गतेसम्म जिल्लाभर ब’लात्का’र तथा ब’लात्कार प्रयासका तीनवटा घटना प्र’हरी कार्यालयमा आएको हो।

रौतहट घर भई सहिद लखन गाउँपालिका–८ बस्ने रमन मुखिया माघ २० गते २६ वर्षकी युवतीलाई ज’बर्जस्ती क’रणी प्रयास गरेको अभियोगमा छानबिन भइरहेको छ। पी’डक परिवारले दिएको जाहेरीका आधारमा प्र’हरीले ज’बर्जस्ती क’रणी उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको एसपी सुरेन्द्र गुरुङले बताए।

माघ २१ गते गोरखाको एक विद्यालयमा कक्षा १ मा पढ्ने चार वर्षकी बालिका विद्यालयमै ब’लात्कृ’त भइन्। ब’लात्का’र आरो’प लागेका १३ वर्षका बालक प्र’हरीको बाल हिरासतमा छन्। बालिकाको परिवारले २२ गते जाहेरी दिएपछि घ’टनाबारे अनुसन्धान भइरहेको प्र’हरीले जनाएको छ।

माघ २४ गते सहिद लखन गाउँपालिका–७ का २५ वर्षीय युवक १४ वर्षकी बालिकालाई ज’बर्जस्ती करणी प्रयासको अभियोगमा प’क्राउ परेका छन्। घरमा कोही नभएका बेला युवतीलाई ललाईफकाई ब’लात्कार प्रयास गरेको भन्दै पीडित परिवारले प्र’हरीमा जाहेरी दिएको छ। ‘अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान गरिरहेका छौं,’ एसपी गुरुङले भने।

यी घ’टनाअघि पनि माघ ८ गते गोरखा नगरपालिका–६ मा बस्ने २२ वर्षकी युवतीलाई ३० वर्षका पुरुषले ब’लात्का’र गरेको आरोपमा प्र’हरीले मुद्दा दर्ता गरेको छ। घ’टनामा संलग्न युवक फरार रहेको र उनको खोजी भइरहेको प्र’हरीले जनाएको छ। यसरी गोरखामा माघमा मात्रै ब’लात्का’र र प्र’यासका चारवटा घ’टना भएका छन्। यो समाचार आजको नागरिक दैनिकमा नरहरि सापकोटाले लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू