आज एकैदिन १५ सय बढ्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, २७ माघ : मंगलबार सुनको मूल्य १५ सय रुपैयाँले बढेको छ । सोमबार तोलामा ९० हजार ४ सय रुपैयाँ रहेको सुनको मूल्य मंगलबार एकै दिन १५ सय रुपैयाँले बढेर तोलाको ९१ हजार ९ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै महासंघका अनुसार मंगलबार तेजाबी सुनको मूल्य एक हजार ४५० रुपैयाँ बढेको छ । सोमबार ८९ हजार ९५० मा कारोबार भएको तेजाबी सुनको मूल्य मंगलबार ९१ हजार ४०० कायम भएको छ । यसैगरी मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १३ सय ४० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया