भारत हिमनदी वि’स्फोट : ज्यान गुमाउनेको संख्या २६ पुग्यो, १७१ जना अझै बेपत्ता

admin

काठमाडौं, २७ माघ : भारतको उत्तराखण्डमा बाढीमा परेर ज्यान गुमाउनेको संख्या २६ पुगेको छ । अहिलेसम्म २६ जनाको श’व भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बाढीमा परेर अझै १७१ जना हराइरहेका छन् ।

यस्तै निर्माण भइरहेको सुरुङमा ३० देखि ३५ जना फसेको आशङ्कामा उद्धारको प्रयास भइरहेको उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतले बताए । सुरुङलाई रातभरि खोल्ने प्रयास गरिए पनि कसैसँग पनि सम्पर्क हुन नसकेको खबरमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया