थप १६० जनामा संक्रमण पुष्टि, दुईको ज्यान गयो

admin

काठमाडौं, २७ माघ : मंगलबार थप एक सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मंगलबार थपिएकासँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ७२ हजार दुई सय १५ पुगेको छ ।

त्यस्तै थप एक सय ६५ जना निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या दुई लाख ६८ हजार चार सय ३१ पुगेको छ । मन्त्रालयका अनुसार बितेको २४ घण्टामा दुई जनाको ज्यान गएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या दुई हजार ४७ रहेका छन् । अहिले नेपालमा एक हजार सात सय ३७ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया