ब्रिफ़िङ्ग गर्दै पूर्वमन्त्री योगेश भट्टराई, कस्तो होला भोलिको आमसभा ?

admin

काठमाडौं, २७ माघ : नेकपा प्रचण्ड-नेपाल समूहले काठमाडौंमा मार्चपास गरेको छ । बुधबार काठमाडौंमा आयोजना गरिएको बृहत् जनप्रदर्शनअघि प्रचण्ड-नेपाल समूहका जनवर्गीय संगठनहरुले मार्चपास गरेका हुन् ।

मार्चपासमा रातो क्याप लगाएका युवाहरु सहभागि रहेका थिए । प्रतिनिधिसभा विघटन लगायतका प्रधानमन्त्रीका असंवैधानिक तथा प्रतिगामी कदमविरुद्ध बुधबार प्रचण्ड-नेपाल समूहले बृहत जनप्रदर्शनसहितको विरोध सभा गर्दैछ ।

विरोधसभा अघि उपत्यकाका ५ स्थानबाट जुलुस निकाल्ने केन्द्रीय संघर्ष समितिले जनाएको छ । उपत्यकाका पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल र जमलबाट निकाल्ने जुलुसको केन्द्रीय नेताहरुले कमाण्ड गर्नेछन् ।

प्रतिक्रिया