ओली क्याम्प छोडेर सांसद ‘समिना हुसेन’ प्रचण्ड-नेपाल समूहमा (विज्ञप्तिसहित)

admin

काठमाडौं, २७ माघ : रौतहटबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद तथा नेकपा नेतृ समिना हुसेन ओली क्याम्प छाडेर प्रचण्ड-नेपाल समूहमा फर्किएकी छिन् । सांसद हुसेनले मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटनपछि सिंगो राष्ट्र ओलीको विपक्षमा उभिएका बेला आफुलाई समेत ओली पक्षले प्रलोभन देखाएपनि आफु त्यसको विपक्षमा रहेको स्पस्ट पारेकी छिन् ।

उनले प्रधानमन्त्रीको कदम असंवैधानिक भन्दै प्रचण्ड-नेपाल समूहले जारी राखेको प्रतिगमनको विरोधमा हुने आन्दोलनमा सक्रिय हुने र अरु जनसमुदायलाई पनि सहभागी हुन अपिल गरेकी छिन् । उनले मंगलबार एक विज्ञप्ति जारि गर्दै भनेकी छिन्, ‘प्रधानमन्त्री के.पी. शर्मा ओलीले गैर संबैधानिक ढंगबाट प्रतिनिधिसभा विघटन जस्तो प्रतिगमनकारी कदम चलाए पछिसिङ्गो राष्ट्र, संविधान र लोकतन्त्रको रक्षाका लागि आन्दोलनमा होमिएको छ । के.पी. ओलीगुटले विभिन्न भ्रम सिर्जना गरी म जस्ता कार्यकर्तालाई विभिन्न कार्यक्रममा सहभागि गराउने षड्यन्त्र गरिरहेका छन् ।’

‘म नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सम्पूर्ण कार्यकर्ता, मुस्लिम समुदाय, मधेसी समुदाय, महिला र विशेष गरी प्रदेश नं २ र रौतहटबासी सम्पूर्ण श्रमजीवि जनताहरुमा निर्धक्कसँग सबै खाले भ्रम चिर्दै के।पी। ओलीको असंबैधानिक, अलोकतान्त्रिक कदमका विरुद्धमा चालिएका आन्दोलनहरुमा सहभागी हुन र सत्ताको कुनै पनि प्रकारको प्रलोभनमा नफस्न हार्दिक अनुरोध गर्दछु ।’

प्रतिक्रिया