आज शेयर बजार आठ अङ्कले बढ्यो

admin

काठमाडौं, २८ माघ : शेयर बजार परिसूचक नेप्से बुधबार आठ अङ्कभन्दा धेरैले बढेको छ । नेप्से आठ दशमलव ६६ अङ्कले बढेर २५ सय ४३ दशमलव शून्य तीन विन्दुमा पुगेको छ । बुधबार बैंकिङ समूहको शेयर साढे २६ अङ्कले, होटल समूहको ४४ अङ्कले, फाइनान्सको ३८ र निर्जीवन बीमा समूहको शेयर ६२ अङ्कले बढेको छ ।

व्यापार, जलविद्युत्, उत्पादन, अन्य, माइक्रोफाइनान्स र जीवन बीमा समूहको शेयर भने घटेको छ । बुधबार एक सय ९१ कम्पनीका एक करोड ४९ लाख कित्ता शेयर सात अर्ब ६४ करोड ९४ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै ग्लोबल आईएमई बैंकको ५२ करोड १७ लाख रुपैयाँको शेयर किनबेच भयो । बुधबार गुराँस फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशत कमाएका छन् । समग्र बजार बढे पनि साधना लघुवित्तका शेयरधनीले ६ प्रतिशतभन्दा धेरै गुमाएका छन्

प्रतिक्रिया