उपत्यकाका ६५ जनासहित थप १३४ जनामा संक्रमण पुष्टि

admin

काठमाडौं, २८ माघ : बुधबार देशभर एक सय ३४ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीन हजार पाँच सय ६७ जनाको पीसीआर परीक्षण भएकोमा एक सय ३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बुधबार थपिएकामध्ये काठमाडौं उपत्यकाका ६५ जना रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ७२ हजार तीन सय ४९ पुगेको छ । यस्तै बितेको २४ घण्टामा एक सय १८ जनासहित अहिलेसम्म दुई लाख ६८ हजार पाँच सय ४९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

अहिले एक हजार सात सय ५३ जना सक्रिय संक्रमित छन् । बितेको २४ घण्टामा नेपालमा कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन । अहिलेसम्म दुई हजार ४७ संक्रमितको ज्यान गएको छ ।

प्रतिक्रिया