सुनचाँदीको मूल्य घट्यो, आज कारोबार कतिमा ?

admin

काठमाडौं, २९ माघ : बिहीबार सुनचाँदीको मूल्य केही घटेको छ । बिहीबार सुन तोलाको ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो मूल्य बुधबारको भन्दा चार सय रुपैयाँले कम हो ।

यस्तै, महासंघका अनुसार तेजावी सुन तोलाको ९१ हजारमा कोरोबार भएको छ । यसैगरी बिहीबार चाँदीको पनि मूल्य घटेको छ । बुधबार तोलामा १३ सय ४० रुपैयाँ रहेको चाँदी बिहीबार १३ सय १५ रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया