झाँक्री पक्राउप्रति गगन थापाको आक्रोश : प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ?

admin

काठमाडौं, २९ माघ : नेपाली कांग्रेसका नेता गगन थापाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री पक्राउ परेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । नेता थापाले सामाजिक सञ्जाल ट्विटरमा सरकारलाई प्रश्न गरेका छन्, कर्तव्य निर्वाह छाडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ?

उनले सत्यको पक्षमा बोल्ने मुख सरकारले देखाएको त्रासले बन्द नहुने भन्दै झ्यालखानाको सङ्ख्या थप्न भनेका छन् । केही दिनअघि गोरखामा भएको कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो । झाँक्रीलाई राज्यविरुद्धको कसुर गरेको भन्दै पक्राउ गरिएको हो ।

प्रतिक्रिया