रामकुमारी झाँक्रीलाई बालुवाटारको जोडबलमा पक्राउ गरियो : दाहाल

admin

काठमाडौं, २९ माघ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृ रामकुमारी झाँक्रीलाई प्रधानमन्त्री ओलीको ठाडो आदेशमा पक्राउ गरिएको बताएका छन् ।

पेरिसडाँडामा आदिवासी जनजाति राष्ट्रिय मगर सङ्घको भेलामा दाहालले झाँक्रीलाई बुधबार पक्राउ गर्न बालुवाटारले जोडबल गरे पनि आफूहरूले त्यसको खबरदारी गरेको तर बिहीबार प्रहरीले पक्राउ गरेको बताएका हुन् ।

झाँक्री पक्राउ पर्नुले धेरै सङ्केत दिएको भन्दै दाहालले देशमा अब सत्ताको आलोचना गर्ने जो कोहीलाई पनि त्रास सिर्जना गराउने राज्यको मनसाय प्रष्ट भएको दाबी गरे ।

केही दिनअघि गोरखामा भएको कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो । झाँक्रीलाई राज्यविरुद्धको कसुर गरेको भन्दै पक्राउ गरिएको हो ।

प्रतिक्रिया