आज नेप्से १६ अङ्कले घट्यो

admin

काठमाडौं, २९ माघ : बिहीबार शेयर बजार परिसूचक नेप्से घटेको छ । नेप्से १६ दशमलव ११ अङ्कले घटेर २५ सय २६ दशमलव ९२ विन्दुमा झरेको छ । बिहीबार बैंकिङ र विकास बैंक समूहबाहेक अरु सबैजसो समूहको शेयर घटेको छ ।

उत्पादन समूहको शेयर एक सय नौ अङ्कले, व्यापार समूहको शेयर ४० अङ्कले, होटलको ४२ अङ्कले, जलविद्युतको २५, फाइनान्सको १८, निर्जीवन बीमा कम्पनीको शेयर दुई सय सात अङ्कले, जीवन बीमाको दुई सय १४ अङ्कले, माइक्रो फाइनान्सको एक सय २८ अङ्कले र अन्य समूहको शेयर २२ अङ्कले घटेको छ ।

बिहीबार दुई सय ६ कम्पनीका एक करोड ६० लाख कित्ता शेयर आठ अर्ब ४१ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै डिप्रोक्स लघुवित्तको ५६ करोड ६३ लाख रुपैयाँको कारोबार भएको छ ।

सपोर्ट माइक्रो फाइनान्सका शेयरधनीले सबैभन्दा धेरै १० प्रतिशत गुमाएका छन् । समग्र बजार घटे पनि चन्द्रागिरि हिल्सका लगानीकर्ताले पाँच प्रतिशतभन्दा धेरै कमाएका छन् ।

प्रतिक्रिया