आज कोरोना संक्रमणबाट पाँच जनाको ज्यान गयो

admin

काठमाडौं, २९ माघ : कोरोना भाइरसको संक्रमणका कारण बितेको २४ घण्टामा देशभर थप पाँच जनाको ज्यान गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या दुई हजार ५२ पुगेको छ ।

यस्तै २४ घण्टामा तीन हजार २३ जनाको पीसीआर परीक्षण गर्दा ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिलेसम्म संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ७२ हजार चार सय ३० पुगेको छ ।

यस्तै थप एक सय ११ जना निको भएर डिस्चार्ज भएसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई लाख ६८ हजार ६ सय ६० पुगेको मन्त्रालयले जनाएको छ । अहिले आइसोलेशनमा रहनेको संख्या एक हजार सात सय १८ छ ।

प्रतिक्रिया