हिरासतमुक्त हुँदै रामकुमारी झाँक्री

admin

काठमाडौँ : प्र’हरीले नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई आजै रिहाइ गर्ने भएको छ । झाँक्रीमाथि लागेको अभियोगमा सोधपुछपछि कागज गराएर उनलाई छोड्न लागिएको छ । प्र’हरी स्रोतका अनुसार उनी केहीबेरमै प्र’हरीको हिरासतमुक्त हुनेछिन् । झाँक्री महानगरीय अ’पराध महाशाखा मिनभवनमा छिन् ।

प्र’हरीले झाँक्रीसँग राष्ट्रपतिलाई लक्षित गरी गोरखामा दिएको अभिव्यक्तिबारे जानकारी लिएको छ । झाँकी प’क्राउ विरोधमा विभिन्न क्षेत्रबाट च’र्को वि’रोध र सरकारको आलोचना भइरहेको छ ।

नेकपा दाहाल नेपाल समूह निकट युवा विद्यार्थीले अपराह्न माइतीघरदेखि नयाँ बानेश्वर चोकसम्म विरोध प्रदर्शन गरिरहेका छन् । झाँक्रीलाई प’क्राउ गर्नु नागरिक स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको हनन भएको भन्दै विभिन्न राजनीतिक दल र नेताहरूले सरकारको आलोचना गरेका छन् ।

 

प्रतिक्रिया