कसरी भयो राज्यविरुद्धको कसुर ?

admin

काठमाडौं, माघ ३० : संविधान निगरानी समूहले सोमबार राजधानी गरेको कार्यक्रममा पूर्वप्रधानन्यायाधी कल्याण श्रेष्ठले अभिव्यक्ति स्वतन्त्रतामाथि प्र’हार गर्ने क्रम बढ्दै गएको औँल्याउँदै भनेका थिए, ‘अभिव्यक्ति स्वतन्त्रता रोकिएपछि राजनीति र कानुन रहँदैन ।

त्यसपछि लोकतन्त्र रहँदैन । प्रश्नवादबाट मुलुक समर्थनवादमा जाँदै छ । नेपालको लोकतन्त्र अभिव्यक्ति स्वतन्त्रताले जोगाएको छ । नबोल्ने संस्कार लोकतन्त्र हुनै सक्दैन ।

त्यही कार्यक्रममा अधिवक्ता टीकाराम भट्टराईले बागलुङ रहेकी नेता रामकुमारी झाँक्रीलाई प्रह’रीले प’क्राउ गर्ने गरेको बताएका थिए । झाँक्री त्यही दिन त प’क्राउ परिनन्न, तीन दिनपछि भने प्र’हरीले उनलाई प’क्राउ गर्यो ।

चौतर्फी विरोध र सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको मु’द्दा परेकाले सरकारले झाँक्रीलाई ५ घण्टापछि रिहा गर्यो तर अभिव्यक्ति दिएकै कारण जोकोहीलाई धरपकड गर्ने लगायत क्रियाकलाप सरकार सक्रिय भएको संकेत देखियो ।

नेता झाँक्रीको अभिव्यक्तिमाथि अनुसन्धान थाल्दै पक्राउ पुर्जी बिहीबार दिउँसो थमाएको थियो । पुर्जीमा राज्यविरुद्धका कसुरअन्तरगत दफा ५८ को कसुरको अनुसन्धानको सिलसिलामा तत्काल प’क्राउ गर्नुपरेकाले भन्ने व्यहोरा उल्लेख छ ।

अधिवक्ता गोविन्द बन्दीका अनुसार झाँक्रीको अभिव्यक्तिलाई लिएर दफा ५८ आकर्षित हुन सक्दैन । प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि राष्ट्रपति संविधानको रक्षाका लागि अधिकार प्रयोग नगरेकाले त्यसमाथि टीकाटिप्पणी र राजनीतिक आलोचना गर्ने छुट जोकोहीमा छ,’ उनले भने । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया