आज बृहत् नागरिक आन्दोलनद्वारा महिलामाथि हुने हिंसाविरुद्ध मार्चपास गरिदै

admin

काठमाडौं, ३० माघ : बृहत् नागरिक आन्दोलनले महिलामाथि हुने हिं’साविरुद्ध शुक्रबार मार्चपास गर्दैछ । ब’ला’त्कारका घटना बढिरहे पनि रोकथामको प्रयास नभएको भन्दै बृहत् नागरिक आन्दोलनले ‘सिंहदरबार महिला मार्चपास’ गर्न लागेको हो ।

बृहत् नागरिक आन्दोलनले मार्च पासमा सहभागी हुन सबैलाई आग्रह पनि गरेको छ । शुक्रबार दिउँसो २ बजे काठमाडौंको वसन्तपुरमा भेला भएर सिंहदरबारको मुलगेटसम्म मार्च गर्ने बृहत् नागरिक आन्दोलनले जनाएको छ ।

बैतडीकी किशोरी भागरथी भट्टको ब’ला’त्कारपछि ह’त्या भएको आठ दिन बितिसक्दा पनि प्रहरीले ह’त्यारा पत्ता लगाउन सकेको छैन । ब’ला’त्कारपछि ह’त्या भएको विरोधमा प्रदर्शन भइरहेको छ । भागरथीको श’व आफन्तले बुझेका छैनन् ।

प्रतिक्रिया