प्रतिनिधिसभा विघटन : आजदेखि निवेदकद्वारा बहस

admin

काठमाडौं, ३० माघ : प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतमा शुक्रबारदेखि रिट निवेदकले जवाफ दिने भएका छन् । कानुन व्यवसायीहरुको बहस सकिएकाले शुक्रबारदेखि रिट निवेदकहरुले जवाफ दिने सर्वोच्च अदालतले जनाएको छ ।

प्रधानमन्त्रीको तर्फबाट अर्थात् रिटकोविरुद्धमा गएको माघ १९ गतेदेखि बहस सुरु भएको थियो । शुक्रबार रिट निवेदकहरुले सरकारी पक्षबाट उठेका प्रश्नको जवाफ दिनेछन् । रिट निवेदकको तर्फबाट बहस सकिएपछि एमिकस क्यूरीको बहस सुरु हुनेछ ।

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा अबको एक हप्ताभित्र फैसला आउने सम्भावना रहेको सर्वोच्च अदालतले बताएको छ । गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको खारेज र संसद पुनःस्थापनाको माग राखेर सर्वोच्चमा १३ वटा रिट परेका छन् ।

प्रतिक्रिया