थप १२७ जनामा संक्रमण पुष्टि, २४ घण्टामा दुईको ज्यान गयो

admin

काठमाडौं, ३० माघ : शुक्रबार एक सय २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चार हजार जनाको पीसीआर परीक्षण गर्दा एक सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या दुई लाख ७२ हजार पाँच सय ५७ पुगेको छ । यस्तै बितेको २४ घण्टामा एक सय ३६ जनासहित दुई लाख ६८ हजार सात सय ९६ जना निको भएका छन् ।

थप दुई जनाको ज्यान गएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या दुई हजार ५४ पुगेको छ । अहिले नेपालमा एक हजार सात सय जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया