नेकपा फुटेको होइन, केही नेता चोइटिएर गएका हुन् : पौडेल

admin

बुटवल, फागुन १ : नेकपा प्रधानमन्त्री केपी ओलीनिकट महासचिव विष्णु पौडेलले नेकपा विभाजन नभई केही नेता चोइटिएर गएको बताएका छन्। नेकपा लुम्बिनी प्रदेश कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै पौडेलले पार्टी विभाजन भएको नभई पार्टी, देश र जनताको हित नचाहने केही व्यक्तिहरू चोइटिएर गएको बताए।

‘बुटवलमा जुटेको जनमत पार्टी फुटेको छैन, पार्टी एक छ र ओली नेतृत्वमै छ भन्ने पुष्टि गरेको छ,’ उनले भने। अर्थमन्त्रीसमेत रहेका पौडेलले पूर्वपार्टीको लिगेसीका कारण केही नेताहरूलाई अप्ठ्यारो परेको भए पनि अलमलमा नपरी र अप्ठ्यारो नमानी ओली नेतृत्वमा आउन आग्रह गरे।

पौडेलले आगामी वैशाख १७ र २७ गते तोकिएकै समयमा निर्वाचन हुने भएकोले निर्वाचनको तयारीमा लाग्न आग्रह गरे। लुम्बिनी प्रदेशमा १७ गते निर्वाचन हुने भएकोले त्यही अनुसार लाग्न उनले आग्रह गरे। पौडेलले लुम्बिनी प्रदेशमा अघिल्लो निर्वाचन भन्दा धेरै स्थानमा चुनाव जित्नेसमेत दाबी गरे।

प्रतिक्रिया