सपना रोका मगरलाई ध’म्की दिने विनयजंग बस्नेतवि’रूद्ध प’क्राउ पुर्जी जारी

admin

काठमाडौं, फागुन २ : बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरलाई धम्क्याउने विनयजंग बस्नेतवि’रूद्ध प’क्राउ पुर्जी जारी भएको छ। बस्नेतलाई प’क्राउ गर्न आइतबार दिउँसो पुर्जी जारी भएको काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।

‘आज प्र’हरीले जाहेरी दर्ता गरेको छ। हामीले पुर्जी जारी गरिसकेका छौं,’ पराजुलीले भने,’‍उनी चितवनमा छन् भन्ने खबर छ। प्रह’रीको टोली त्यँहा गएको छ।’ बस्नेतवि’रूद्ध आइतबार अ’भद्र व्यवहारको मुद्दामा महानगरीय प्र’हरी परिसर, काठमाडौंमा जाहेरी दर्ता भएको हो। बस्नेतले युट्युबमा सपना रोका मगरका नां’गा तस्वीर देखाइदिने भन्दै ध’म्की दिएपछि परिसरमा जाहेरी दर्ता गरिएको हो।

परिसरका प्रमुख प्र’हरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले उनको खोजी गरिरहेको बताए। सपनाले शुक्रबार नै जाहेरी दिन खोजेकी थिइन्। शुक्रबार र शनिबार सार्वजनिक बिदा भएको कारणले जाहेरी लिएर आइतबार मात्रै दर्ता गरिएको एसएसपी सिंहले बताए।

उनका अनुसार बस्नेत अहिले काठमाडौं बाहिर छन्। प्र’हरीले उनको खोजी गरिरहेको छ। बस्नेतले युट्युब च्यानलमा आफूसँग सपनाका न’ग्न तस्वीरहरू पेनड्राइभमा भएको बताएका थिए। उनले ती सामाग्रीहरू सार्वजनिक गर्ने ध’म्की दिएका थिए।

यसअघि सपना र बस्नेतले मिलेर बेवारिसे शव ज’लाउने काम थालेका थिए। म्याग्दीबाट काठमाडौं आएकी सपना बस्नेतसँगै बस्थिन्। सोही क्रममा उनीहरूबीच तिक्तता आएको थियो। गत कात्तिकमा बस्नेतलाई छोडेर सपना घर फर्किएकी थिइन्।

प्रतिक्रिया