काभ्रेको चौरी देउरालीबाट हेलिकोप्टर मार्फत सुत्केरीको उद्धार

admin

काभ्रे : काभ्रेको चौरीदेउराली गाउँपालिकाबाट सुत्केरी महिलाको उद्धार गरिएको छ । वडा नम्बर २ का फूलमती थापा मगरलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको वडा अध्यक्ष दिनेश तामाङले जानकारी दिनुभयो ।

हिजो देखी उहाँलाई सुत्केरी बेथा लागेपनि सुत्केरी हुन नसकेपछि आज राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार गरी काठमाडौंको थापाथली प्रसुती गृहको आकस्मिक कक्षमा उपचार भइरहेको नाग्रे गगर्चे स्वास्थ्य चौकीका प्रमुख बद्री भण्डारीले बताउनुभयो ।

उहाँका अनुसार मगरलाई वडामै रहेको महिला तथा बालविकास केन्द्र सामुदायिक अस्पतालमा लगिए पनि त्यहाँ सुत्केरी गराउन नसकिएको हो । सुत्केरी गराउन जटिलता देखिएपछि आमा र बच्चाको ज्यान जोखिममा पर्ने अवस्था सृजना भएकाले हेलिकोप्टर मार्फत उद्धार गरिएको हो ।

प्रतिक्रिया