श्रीमतीको ह’त्या गरी श्रीमान फरार

admin

इलाम : सूर्योदय नगरपालिका–५ गोरखका दिनेश तामाङले श्रीमतीको ह’त्या गरेका छन्। दिनेशले १९ वर्षीया गीता तामाङलाई चिरपट प्र’हार गरी ह’त्या गरेको प्र’हरीले जनाएको छ।

आइतबार राति आफन्तकोमा भोज सकेर घर फर्किएका दिनेशले श्रीमतीको ह’त्या गरेको मृतकका दाजु राजेश कार्कीले बताए। घ’टना लगत्तै स्थानीयले गम्भी’र घा’इते गीतालाई फिक्कल अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यालय इलामका सूचना अधिकारी प्र’हरी नायव उपरीक्षक लालध्वज सुवेदीले जनाकारी दिए।

शवलाई पोष्टमार्टका लागि प्राथमिक स्वास्थ्य केन्द्र राखिएको छ। दिनेशको खोजी भइरहेको प्र’हरी नायब उपरीक्षक सुवेदीले बताए। मृतकको शरीरभरि नै नीलडाम रहेको र टाउकोमा चो’ट देखिएको प्र’हरीले जनाएको छ। स्थानीयका अनुसार दिनेशले मा’दक पदा’र्थ सेवन गरेर बारम्बार श्रीमतीसँग झ’गडा गरिरहन्थे। मृ’तकको ६ वर्षीय छोरा र तीन वर्षीया छोरी छन्।

प्रतिक्रिया