नेप्से ९२ अङ्कभन्दा धेरैले बढ्याे, ११ कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाए

admin

काठमाडौं, फागुन ३ : शेयर बजार परिसूचक नेप्से साेमवार ९२ अङ्कभन्दा धेरैले बढेको छ । कारोबार भएका सबै समूहको शेयर उकालो लागेपछि नेप्से ९२ दशमलव ४२ अङ्कले बढेर २५ सय ८६ दशमलव शून्य एक अङ्कमा पुगेको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत कुनै पनि नीतिमा परिवर्तन नगरेपछि लगानीकर्ता उत्साहित भएका हुन् ।

साेमवार बैंकिङ समूहको शेयर ५७ अङ्कले, व्यापार समूहको ७१ अङ्कले, होटलको २४ अङ्कले, जलविद्युतको ६४, फाइनान्सको ३४, निर्जीवन बीमाको चार सय ४७, उत्पादनको एक सय ५९, अन्यको ६२, माइक्रोफाइनान्सको तीन सय ८० र जीवन बीमा कम्पनीको शेयर ६ सय ९७ अङ्कले बढेको छ ।

साेमवार दुई सय पाँच कम्पनीका दुई करोड २४ लाख ४७ हजार कित्ता शेयर १० अर्ब ३८ करोड ४१ लाख रुपैयाँमा किनबेच भए । सबैभन्दा धेरै निर्धन उत्थान लघुवित्तको ७० करोड रुपैयाँभन्दा धेरेको शेयर कारोबार भएको छ ।

साेमवार ११ वटा कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । समग्र बजारमा उछाल आए पनि पञ्चकन्यामाई हाइड्रोका शेयरधनीले चार प्रतिशत गुमाएका छन् ।

प्रतिक्रिया