नक्कली डाक्टर बनेर प्रमाणपत्रको सिफारिस गरिदिने एक जना प’क्राउ

admin

काठमाण्डाै : नक्कली डाक्टर बनेर नेपाल मेडिकल काउन्सिलको स्थायी दर्ता प्रमाणपत्रको सिफारिसमा हस्ताक्षर गर्ने एक जना प’क्राउ परेका छन् । नेपाल मेडिकल काउन्सिलबाट लिनुपर्ने स्थायी दर्ता प्रमाणपत्रको लागि निवेदन दिने क्रममा काउन्सिलमा स्थायी दर्ता भएको डाक्टरको हस्ताक्षर चाहिने व्यवस्था छ ।

डाक्टर कृष्ण रिजालको सिफारिस फारामको अन्त्यमा अर्घाखाँचीका जितेन्द्र पन्थीले मेडिकल काउन्सिलको दर्ता नम्बर २३६४ लेखेर हस्ताक्षर गरिदिएका थिए ।

उनको हस्ताक्षर र काउन्सिलको दर्ता नम्बरमा शङ्का लागेर अनुसन्धान गर्दा उनले डाक्टर बनेको नक्कली प्रमाणपत्र लिएको र सिफारिस गरेको पाइएको प्र’हरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

प्रतिक्रिया