कुनै पनि हालतमा चुनाव हुँदैनः अध्यक्ष दाहाल

admin

चितवन : पूर्वप्रधानमन्त्री एवं दाहाल–नेपाल समूहको नेकपाका अध्ष्यक्ष अध्यक्ष पुष्पकमल दाहालले मध्यावधि चुनाव कुनैपनि हालतमा नहुने ठोकुवा गर्नुभएको छ ।

चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष दाहालले अहिलेको अवस्थामा चुनाव गराउनु प्रतिगमन भएको उल्लेख गर्दै राम्रो दिमाख हुनेजति सबै प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरुद्धमा रहेको जिकिर गर्नुभयो ।

चुनाव हुन्छ भन्दै ओलीले जनतालाई झुक्याउँदै पञ्चर्याली गरेको दाहालको आरोप छ । ‘पन्चर्याली गर्ने जमिन बाँड्छु भन्ने पहिलेका राजा महाराजाले जस्तै सभा गदै ओलीले प्रतिगमन गरे,’ उहाँले भन्नुभयो, ‘प्रतिनिधिसभा विघटन गरेकै दिनदेखि ओलीको हार भएको छ ।’

नेपाली जनताले लामो समयको संघर्ष बलिदान बाट प्राप्त उपलब्धि धराप परेको बताउँदै अध्यक्ष दाहालले आम नेपाली जनता र राम्रो दिमाख भएका मानिस उहाँको कदमको विरुद्धमा रहेको दावी गर्नुभयो ।

राष्ट्र, जनता र लोकतन्त्रको हितमा सबै मिलेर ओलीको कदमलाई परास्त गर्नुपर्नेमा उहाँको जोड छ । अध्यक्ष दाहाल कम्युनिष्ट नेता नरबहादुर केसीको निधनमा अन्तिम श्रद्धान्जली दिन चितवन पुग्नुभएको थियो ।

प्रतिक्रिया