ट्रम्पका समर्थकबाट संसद भवनमा भएको आ’क्रमणको छानबिन हुने

admin

एजेन्सी, ४ फागुन : अमेरिकाको संसद भवनमा भएको हिं’सात्मक आ’क्रमणको अनुसन्धानका लागि स्वतन्त्र आयोग गठन हुने भएको छ । गएको जनवरी ६ तारिखमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकबाट भएको हिं’सात्मक आ’क्रमणको स्वतन्त्र छानबिन हुने अमेरिकी तल्लो सदनका सभामुख न्यान्सी पेलोसीले बताइन् ।

संसद भवनमा भएको आ’क्रमण किन र कसरी भयो भन्ने सत्यतथ्य थाहा पाउनु पर्ने उनको भनाइ छ । अमेरिकाको माथिल्लो सदन सिनेटले संसद भवनमा भएको आ’क्रमणका लागि उक्साएको आरोपमा ट्रम्पलाई लागेको महाभियोगबाट उन्मुक्ति दिएको छ ।

संसद भवनमा भएको हिं’सात्मक आ’क्रमणमा एक प्रहरी अधिकारीसहित ५ जनाको ज्यानको थियो भने यो ट्रम्पकै उ’क्साहटमा आ’क्रमण भएको आरोप लागेको थियो ।

प्रतिक्रिया