काठमाडौं महानगरपालिकाका वडामा निःशुल्क मिर्गौला परीक्षण गरिने

admin

काठमाडौं, ४ फागुन : काठमाडौं महानगरपालिकाले आफ्नो नगरका स्थानीय बासिन्दाको मिर्गौला परीक्षण गर्ने भएको छ । महानगरपालिकाका १ देखि ३२ वटै वडाका बासिन्दाको निःशुल्क मिर्गौला परीक्षण गर्ने जनस्वास्थ्य विभागले जनाएको छ ।

मिर्गौला परीक्षणका लागि बुधबार ५ गतेदेखि ६ महिनासम्म अभियान चल्ने छ । ‘स्वस्थ मिर्गौला, स्वस्थ काठमाडौं, कार्यक्रम अभियानका रुपमा सुरु गर्न लागिएको महानगरपालिकाको जनस्वास्थ्य विभागले जनाएको छ । विभागले सार्वजनिक सूचना निकालेर वडामा रहेको सामुदायिक सहरी स्वास्थ्य क्लिनिकमा गएर निःशुल्क परीक्षण गराउन आग्रह गरेको छ ।

प्रतिक्रिया