सुनचाँदीको मूल्य बढ्यो, आज कारोबार कतिमा ?

admin

काठमाडौं, ४ फागुन : मंगलबार सुनचाँदीको मूल्य बढेको छ । केही दिनदेखि निरन्तर ओरालो लागेको सुनको मूल्य मंगलबार तोलामा दुई सय रुपैयाँले बढेर ९० हजार नौ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सोमबार सुनको मूल्य तोलामा एक सय घटेर ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, मंगलबार तेजाबी सुनको मूल्य तोलामा ९० हजार ४ सय कायम भएको छ ।

यसैगरी मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलाको एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको चाँदी २० रुपैयाँ बढेर तोलाको एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया