आज नेप्सेले २६ सय विन्दु नाघ्यो

admin

काठमाडौं, ४ फागुन : शेयर बजार परिसूचक नेप्से मंगलबार साढे १५ अङ्कले बढेको छ । बैंकिङ समूहको शेयर उकालो लागेपछि नेप्से १५ दशमलव पाँच शून्य अङ्कले बढेर २६ सय एक दशमलव ५१ विन्दुमा पुगेको हो । नेप्से अहिलेसम्म २६ सय विन्दुमा पुगेको थिएन ।

मंगलबार बैंकिङ समूहको शेयर ३८ अङ्कले, विकास बैंक समूहको शेयर ६ अङ्कले र अन्य समूहको शेयर साढे पाँच अङ्कले बढेको छ । व्यापार, होटल, जलविद्युत्, फाइनान्स, माइक्रोफाइनान्स, उत्पादनलगायत अन्य समूहको शेयर भने घटेको छ ।

मंगलबार दुई सय आठ कम्पनीका एक करोड ७७ लाख ३२ हजार कित्ता शेयर १० अर्ब तीन करोड रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै नबिल बैंकको ५४ करोड ४४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

चन्द्रागिरि हिल्सका लगानीकर्ताले १० प्रतिशत र निफ्रासहित पाँच वटा कम्पनीका लगानीकर्ताले नौ प्रतिशतभन्दा धेरै कमाएका छन् । साधना लघुवित्तका लगानीकर्ताले भने ६ प्रतिशतभन्दा धेरै गुमाएका छन् ।

प्रतिक्रिया