थप १०५ जनामा संक्रमण पुष्टि, १५८७ सक्रिय संक्रमित

admin

काठमाडौं, ४ फागुन : मंगलबार एक सय पाँच जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीन हजार तीन सय ६० जनाको पीसीआर परीक्षण गर्दा एक सय पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७२ हजार नौ सय ४५ पुगेको छ । यस्तै थप ९९ जना निको भएसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई लाख ६९ हजार तीन सय तीन पुगेको छ ।

अहिले नेपालमा एक हजार पाँच सय ८७ जना सक्रिय संक्रमित रहेका छन् । बितेको २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि ज्यान गएको छैन । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या दुई हजार ५५ पुगेको छ ।

प्रतिक्रिया