गंगामायाप्रति गम्भीर बन्‍न सरकारलाई मानव अधिकार आयोगको निर्देशन

admin

काठमाडौं : द्वन्द्वकालमा ह’त्या गरिएका छोरा कृष्णप्रसाद अधिकारीको ह’त्यामा संलग्नलाई कारबाहीको माग गर्दै लामो समयदेखि अनसनरत गोरखा फुजेलकी गङ्गामाया अधिकारीको जीवन रक्षाका लागि ग’म्भीर बन्न राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई निर्देशन दिएको छ।

आयोगको मंगलबार बसेको बैठकले गंगामायाको उपचारको व्यवस्था मिलाउन तथा कृष्णप्रसादको ह’त्यामा संलग्न भनिएकालाई अदालतमा उपस्थित गराउन सरकारलाई निर्देशन दिने निर्णय गरेको छ।

आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा गंगामायाको जीवन रक्षाको लागि न्यायको अनुभूति हुनेगरी मानव अधिकारकर्मीसहितको उच्चस्तरीय कार्यदल गठन गरी यथाशीघ्र आवश्यक र उपयुक्त कदम चाल्न पनि सरकारलाई निर्देशन दिएको उल्लेख छ।

यस्तै कृष्णप्रसादको हत्याका आरोपीमध्येका एक रुद्रप्रसाद आचार्य नेपालबाहिर रहेको भन्ने सरकारी कागजातबाटसमेत देखिएकोले निज जहाँ भए पनि आवश्यक प्रक्रिया पूरा गरी अदालतसमक्ष शीघ्र उपस्थित गराउन पनि आयोगले निर्देशन दिएको छ।

बैठकले अनसनरत गंगामायालाई आफ्नो जीवनप्रति संवेदनशील बन्दै न्यायको अनुभूति समेतको लागि अनसनलाई स्थगित गर्न पनि अनुरोध गरेको छ। यस्तै आयोगले कृष्णप्रसाद अधिकारीको ह’त्याका सम्बन्धमा भइरहेको न्याय सम्पादन प्रक्रियालाई शीघ्र निष्कर्षमा पुर्याउने कार्यमा सहयोग पुर्याउन सम्बद्ध सबै पक्षलाई आग्रहसमेत गरेको छ।

प्रतिक्रिया