आज ११ सय घट्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, ५ फगुन : सुनको मूल्य बुधबार ११ सय रुपैयाँले घटेको छ । मंगलबार तोलामा ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार ८९ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, बुधबार तेजाबी सुनको मूल्य तोलामा ८९ हजार तीन सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, चाँदीको मूल्य पनि बुधबार घटेको छ । चाँदीको मूल्य बुधबार १३ सय ४० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । यो मूल्य मंगलबारको भन्दा २० रुपैयाँले सस्तो हो ।

कोरोना भाइरसको संक्रमणसँगै विश्व बजारमा छाएको अस्थिरताका कारण सुनको मूल्यमा पनि धेरै उतारचढाव आइरहेको छ । सुनको मूल्यमा आएको अस्थिरताकै कारण कारोबार समेत प्रभावित भएको व्यवसायी बताउँछन् ।

व्यवसायीका अनुसार अहिले धेरैजसोले पुरानै गहना बेचेर त्यसबाट आएको पैसामा केही थपथाप गरेर नयाँ गहना बनाउने गरेका छन् भने केहीले जलप लगाएको गहनाको प्रयोग गर्ने गरेका छन् ।

प्रतिक्रिया