चीन बन्यो युरोपेली संघको सबैभन्दा ठूलो व्यापार साझेदार

admin

एजेन्सी, ५ फगुन : सन् २०२० मा अमेरिकालाई पछि पार्दै चीन युरोपेली संघको सबैभन्दा ठूलो व्यापार साझेदार बनेको छ । कोरोना महामारीका कारण युरोपका प्रमुख व्यापार साझेदार देशकाबीच व्यापार घटे पनि चीनसँग भने व्यापार घाटा नभएको बीबीसीले जनाएको छ ।

गत वर्ष अर्थात् २०२० मा चीन र युरोपेली संघकोबीच सात सय ९ अर्ब डलरको व्यापार भयो भने अमेरिका र युरोपेली संघबीच ६ सय ७१ अर्ब डलरको मात्र व्यापार भयो । कोरोना महामारीका कारण चीनको अर्थव्यवस्था पहिलो तीन महिनासम्म कमजोर रहे पनि सालको अन्तिमसम्म पुग्दा आर्थिक स्थिति निकै सुध्रेको जनाइएको छ ।

सन् २०२० मा प्रमुख वैश्विक अर्थव्यवस्थामा चीन मात्र एक यस्तो देश थियो, जहाँ आर्थिक विकास देखियो । यही कारण चीनमा युरोपेली कार तथा अन्य विलासी सामानको माग बढेको थियो । यस्तै चीनले आफ्नो देशमा निर्मित मेडिकल उपकरण र इलेक्ट्रोनिक्स उपकरणलाई युरोपमा निर्यात गरेर फाइदा लियो ।

युरोपेली संघको तथ्यांक कार्यालय युरोस्टेटका अनुसार २०२० मा चीन युरोपेली संघको प्रमुख साझेदार रह्यो । आयातमा ५.६ प्रतिशत र निर्यातमा २.२ प्रतिशतको वृद्धिसँगै चीनसँको साझेदारी बढेको युरोस्टेटले जनाएको छ ।

प्रतिक्रिया