भागरथी भट्टको ह’त्या आरोपमा पक्राउ परेका व्यक्ति सार्वजनिक

admin

काठमाडौं, ५ फगुन : बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी किशोरी भागरथी भट्टको ह’त्या आरोपमा पक्राउ परेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ । गएको माघ २१ गते विद्यालयबाट घर फर्कने क्रममा ह’त्या गरिएकी भागरथीको ह’त्या आरोपमा पक्राउ परेका छिमेकी दिनेश भट्टलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

घटना भएको केही दिनमा नै भट्टमाथि निगरानी गरिरहेको र अभियुक्तको साबिती बयान, प्राप्त सबुत, अन्य प्रमाण, प्रत्यक्षदर्शीको भनाइलगायतलाई आधार मानेर यो अपराध उनैले गरेको पुष्टि भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले पत्रकार सम्मेलनमा जानकारी दिए ।

भागरथी भट्टको ह’त्या अभियोगमा पक्राउ परेका दिनेश भट्टविरुद्ध भागरथीका दाइ शङ्कर भट्टले किटानी जाहेरी दिएका छन् । शङ्कर भट्टले जिल्ला प्रहरी कार्यालय बैतडीमा दिनेशविरुद्ध किटानी जाहेरी दिएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

आरोपी भट्ट भागरथी अध्ययनरत स्थानीय सनातन धर्म माविको कक्षा ११ मा पढ्ने किशोर हुन् । भागरथी सनातन माविकै विद्यालयको कक्षा १२ मा व्यवस्थापन सङ्कायमा अध्ययनरत थिइन् । जिल्ला प्रहरी कार्यालय बैतडीले जिल्ला अदालत बैतडीबाट म्याद थप गरेर हि’रासतमा राखेर अनुसन्धान गर्न लागेको छ । भट्टविरुद्ध क’रणी र ज्या’नसम्बन्धी कसुर मुद्दामा अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया