आज नेप्से झण्डै १० अङ्कले बढ्यो

admin

काठमाडौं, ५ फगुन : बुधबार शेयर बजार झण्डै १० अङ्कले बढेको छ । नेप्से नौ दशमलव ९४ अङ्कले बढेर २६ सय ११ दशमलव ४५ विन्दुमा पुगेको हो । बुधबार बैंकिङ समूहको शेयर झण्डै ३० अङ्कले, व्यापार समूहको ५९ अङ्कले, विकास बैंकको साढे तीन अङ्कले र अन्य समूहको शेयर १० अङ्कले बढेको छ ।

होटल, जलविद्युत्, फाइनान्स, माइक्रोफाइनान्स, उत्पादन, जीवन बीमा र निर्जीवन बीमा समूहको शेयर भने घटेको छ । बुधबार दुई सय तीन कम्पनीका एक करोड ७६ लाख कित्ता शेयर आठ अर्ब तीन करोड ५५ लाख रुपैयाँमा कारोबार भए ।

सबैभन्दा धेरै निफ्राको ६९ करोड ४३ लाख रुपैयाँको शेयर किनबेच भएको छ । बुधबार निफ्रा, कर्पोरेट विकास बैंक, हिमालय ऊर्जा विकास कम्पनी र समृद्धि फाइनान्सका शेयरधनीले नौ प्रतिशतभन्दा धेरैका दरले कमाएका छन् । सनराइज फस्र्ट म्युचल फण्डका लगानीकर्ताले चार प्रतिशतभन्दा धेरै गुमाएका छन् ।

प्रतिक्रिया