भारतमा पहिलो पटक महिलालाई मृ’त्यु’दण्ड दिने तयारी, प्रेमीसँग मिलेर आफ्नै परिवारको ह’त्या

admin

एजेन्सी, ५ फगुन : भारतको उत्तर प्रदेश राज्यस्थित मथुरा जे’लमा फाँ’सी घर मर्मत गर्न थालिएको छ । स्रोतका अनुसार मृ’त्यु’दण्डको सजाय पाएकी एक महिलालाई उक्त जेलमा फाँ’सी दिने तयारी भएको हो ।

यद्यपि जे’ल प्रशासनले भने ती महिलालाई मृ’त्यु’दण्ड दिन लागिएको हो भनेर प्रस्ट रुपमा भनिसकेको छैन । तर मथुरा जे’लमा महिलालाई फाँ’सी दिने व्यवस्था छ । शबनम नाम गरेकी एक महिलाले मृ’त्यु’दण्डको सजाय पाएकी छिन् ।

राष्ट्रपतिले शबनमको क्षमा याचनालाई अस्वीकार गरेका कारण उनलाई अदालतको आदेश अनुसार मृ’त्यु’दण्ड दिने बाटो खुलेको छ । त्यसैले मथुरा जे’लमा फाँ’सी घर मर्मत भएको विषयलाई शबनमसँगै जोडेर हेर्न थालिएको हो ।

जे’ल स्रोतका अनुसार अमरोहा निवासी शबनमले आफ्नो प्रेमी सलीमसँग मिलेर १५ अप्रिल २००८ मा आफ्नै आमा, बुवासहित परिवारका ७ जनाको निर्ममतापूर्वक ह’त्या गरेका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार शबनमले अंग्रेजी र भूगोल विषयमा एमए अध्ययन गरेकी छिन् ।

तर, उनका प्रेमी सलीमले पाँच कक्षासम्म मात्र अध्ययन गरेका छन् । उनीहरुबीचको सम्बन्धलाई परिवारले अस्वीकार गरेपछि दुवै मिलेर शबनमको परिवारकै ह’त्या गर्ने योजना बनाइएको थियो । उक्त योजनाअनुसार पहिला परिवारका सबै सदस्यलाई बेहोसीको औ’षधि खुवाइएको थियो ।

बेहोस भएको मौका छोपी सबैलाई ब’ञ्चरो प्रहार गरी ह’त्या गरिएको बताइन्छ । मथुरा जेलमा एक सय ५० वर्ष अघि नै फाँ’सी घर बनाइएको थियो । यो जेलमा महिलालाई फाँ’सी दिने व्यवस्था रहे पनि भारत स्वतन्त्र भए यता यो जे’लमा महिलालाई फाँ’सी दिइएको छैन ।

हालै जे’ल प्रशासनले कसुरदारलाई फाँ’सीमा झु’ण्ड्याउने जल्लादलाई दुई पटक फाँ’सी घरको निरीक्षण गराएको बताइन्छ । उनकै सुझावका आधारमा फाँ’सी घरको मर्मत र फाँ’सीमा प्रयोग हुने डोरीसमेत जेल प्रशासनले मगाएको भारतीय मिडियाले जनाएका छन् ।

प्रतिक्रिया