कोरोनाबाट ज्यान गुमाउनेको संख्या शून्य, सक्रिय संक्रमित जम्मा १६२१ जना

admin

काठमाडौं, ५ फगुन : बुधबार नेपालमा थप एक सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीन हजार आठ सय ३८ जनाको पीसीआर परीक्षण गर्दा एक सय २५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना भाइरसका कुल संक्रमितको संख्या दुई लाख ७३ हजार ७० जना पुगेको छ । यस्तै २४ घण्टामा ९१ जना उपचारपछि निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या दुई लाख ६९ हजार तीन सय ९४ पुगेको छ ।

अहिले नेपालमा एक हजार ६ सय २१ जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये ७४ जनाको सघन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटरमा उपचार भइरहेको छ । बितेको २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि ज्यान गएन । नेपालमा अहिलेसम्म कोरोनाबाट दुई हजार ५५ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया