केही दिनपछि कोरोनाबाट तीन जनाको ज्यान गयो, थप ९६ जनामा संक्रमण पुष्टि

admin

काठमाडौं, ६ फागुन : कोरोना भाइरसको संक्रमणका कारण नेपालमा बितेको २४ घण्टामा थप तीन जनाको ज्यान गएको छ । केही दिनयता कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या शुन्य थियो । अहिलेसम्म कोरोना संक्रमणका कारण नेपालमा ज्यान गुमाउनेको संख्या दुई हजार ५८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै तीन हजार सय ४१ जनाको पीसीआर परीक्षण गर्दा ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा दुई लाख ७३ हजार एक सय ६६ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी थप एक सय ११ जना निको भएसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या दुई लाख ६९ हजार पाँच सय पाँच पुगेको छ । अहिले नेपालमा एक हजार ६ सय तीन जना आइसोलेशनमा रहेका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया