भागरथीको आज दा’हसंस्कार, गोठालापानीबाट सेरासम्म श’वयात्रा हुने

admin

काठमाडौं, ७ फागुन : बैतडीको दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षकी भागरथी भट्टको शुक्रबार दा’हसंस्कार गरिने भएको छ । ह’त्या भएको १७औं दिनमा उनको दा’हसंस्कार गर्न लागिएको हो । भागरथीका परिवारले दोषी पत्ता लगाउन र दोषीलाई कारबाहीको माग गर्दै श’व बुझ मानेको थिएन ।

प्रहरीले १३औं दिनमा भागरथीको ह’त्याको आरोपमा त्यहीँ ठाउँका दिनेश भट्टलाई प्रक्राउ गरी सार्वजनिक गरिसकेको छ । दिनेशले ह’त्या गरेको मात्रै बयान दिएपछि भागरथीको परिवारले ब’ला’त्कारमा संलग्न व्यक्तिको पनि खोजी गर्न माग गर्दै श’व बुझ्न मानेको थिएन । तर बिहीबार दिनेशले भागरथीको ब’ला’त्कारपछि ह’त्या गरेको बयान दिएपछि परिवारले श’व बुझ्न लागेको हो ।

भागरथीको श’व जिल्ला अस्पताल बैतडीमा राखिएको छ । गोठलापानीबाट सेरासम्म श’वयात्रा हुने र सेरामा रहेको महाकाली नदीको छेउको आ’र्यघाटमा अन्तिम संस्कार गरिने तयारी छ । गएको माघ २१ गते विद्यालयबाट घर जाने क्रममा भागरथीको ह’त्या भएको थियो भने २२ गते श’व भेटिएको थियो ।

प्रतिक्रिया