रामेछापमा विद्यार्थी बोकेको बस दुर्घटना : १७ जना घाइते, दुईको अवस्था गम्भीर

admin

रामेछाप, ७ फागुन : रामेछापको मन्थली नगरपालिका-१ को मच्छेडाँडीमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

मन्थली नगरपालिका-४ सालुबाट सेतीदेवी माध्यमिक विद्यालयका विद्यार्थी बोकेर मन्थलीका लागि छुटेको बा ५ ख २८५७ नम्बरको बस मच्छेडाँडीमा दुर्घटना भएको हो । उनीहरुलाई उपचारका लागि मन्थलीमा रहेको तामाकोशी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

उक्त बसमा ५५ जना विद्यार्थी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले बताएका छन् । तीव्र गतिमा गुडिरहेको बस ट्र्याक्टरलाई साइड दिने क्रममा सडकमा पल्टिएर दुर्घटना भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया